२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश



अ+ अ-

काठमाडौँ । अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । टोलीले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै सुपर–८ को टिकट काटेको हो ।

अफगानिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी १९.५ ओभरमा ९५ रनमा अलआउट भयो ।

फजलहक फारुकीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । जवाफमा अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पछ्यायो । गुलबदिन नाइबले ४९ रनको अविजित इनिङ्स खेले । यस्तै, मोहम्मद नाबी १६ रनमा अविजित रहे भने अजमातुल्लाह ओमारजाईले १३ तथा रहमानुल्लाह गुरबाजले ११ रन जोडे ।

पावरप्लेमा पपुवा न्युगिनीले ५ विकेट गुमाएर मात्र ३० रन बनाएको थियो । यसपछि चाड सोपर र किपलिङ डोरिगाले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर, चाड सोपर १० औं ओभरमा नूर अहमदबाट रनआउट भए ।

एली नाउ र डोरिगाबीच आठौं विकेटका लागि सर्वाधिक ३८ रनको साझेदारी भयो । यो साझेदारी नूर अहमदले तोडेका थिए । उनले डोरिगालाई २७ रनमा एलबीडब्लू गरे । टोलीले १९ दशमलव ५ ओभरमा ९५ रन मात्रै बनाउन सकेको थियो । टोलीका ४ ब्याट्सम्यान रनआउट भए । फारुकीले ४ विकेट लिए । नविन उल हकले २ विकेट लिए । जबकि नूर अहमदले एक सफलता हात पारे ।

यस समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिजले सुपर ८ को यात्रा तय गरे भने पिएनजी, युगान्डा र न्युजिल्यान्डको यात्रा समूह चरणबाटै सकियो ।