१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्याण्ड्समाथि लगातार तेस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा टोलीले डच टोलीलाई २५ रनले पराजित गरेको हो ।

यो जितसँगै बंगलादेशले सुपर–८ मा आफ्नो दाबी बलियो बनाएको छ भने नेदरल्याण्ड्स भने दौडमा छ । यो नतिजासँगै २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ को दौडबाट बाहिरिएको छ ।

किंग्सटाउनमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । यस जितको नायक बने रिशाद हुसेन । उनले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए ।

नेदरल्याण्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेचटले सर्वाधिक ३३ रन बनाए । विक्रमजीत सिंहले २६ रन र कप्तान स्कट एडवर्ड्सले २५ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३८ बलमा अर्धशतक बनाए । शकिबले टी–२० अन्तर्राष्ट्रियमा १९ इनिङ्सपछि अर्धशतक बनाएका छन् । यस्तै, तान्जिद हसनले ३५ र महमुदुल्लाहले २५ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त र पल भान मिकरेनले २–२ विकेट लिए ।

यस समूह डी बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरिसकेको छ । उसको ३ खेलमा ३ जितसहित ६ अंक छ । बंगलादेश ३ खेलबाट ४ अंकका साथ दोस्रो, नेदरल्यान्ड्स ३ खेलबाट २ अंकका साथ तेस्रो, नेपाल २ खेलबाट १ अंकका साथ चौंथो र श्रीलंका ३ खेलबाट १ अंकका साथ पाँचौं स्थानमा छन् ।