१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा

सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्य क्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको जानकारी दिँदै मन्त्री शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधि दशकको पहिलो वर्ष नीति र पूर्वाधार निर्माणको वर्ष हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । “नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, ऊर्जा र औद्योगिकको रुपमा लिँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्वपूर्ण नीतिगत परिवर्तन हो ।”

शिक्षा र स्वास्थ्य सेवालाई डिजिटलाइसेन गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इलर्निङ प्लेटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताउनुभयो ।

उहाँले पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डाटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिँदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्नसक्ने बताउनुभयो । सो अवसरमा राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताउनुभयो । नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्छौँ ।”

नेपालका अधिकारीहरु बैङ्लोर दिल्लीलगायतका क्षेत्रमा गएर भारतले सूचना प्रविधिका क्षेत्रमा गरेको विकासबाट सिक्न सक्ने उल्लेख गर्दै उहाँले यसमा सहजीकरण गर्न आफूहरु तयार रहेको बताउनुभयो । गत वर्ष भएको मन्त्री शर्माको भारत भ्रमणका बेलामा आफूहरुले गरेको प्रतिबद्धताअनुसार भारतमा बस्ने नेपालीहरुका लागि मोबाइल सिम वितरण सहज गराइएको जानकारी दिँदै राजदूत श्रीवास्तवले व्याण्डविथलगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने बताउनुभयो । भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन पनि भारत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।