• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

गठबन्धन गरेर आउनेलाई जनताले हराउनैपर्छः दिक्षित



काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए । उनले भने,‘नेपाली भूमि आजको होईन । यो त पूण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरि अघि बढ्यौं भने अब यो कुहिएको अवस्था हुनेछ ।’

दिक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले भने,‘पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो । लोकतन्त्र हो । दलहरुले आ–आफ्नो विचार जनतामा राख्छन् । सिद्धान्त र विचार लिएर जानुपर्छ । नेपालको लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ । हरेक पार्टीले आफ्नो एजेण्डा ल्याउनुपर्छ ।’

उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरुमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुे गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन के को लागि, यिनीहरु प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनको लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनैपर्छ । कुनैपनि हालतमा जिताउनुहुँदैन् । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाा छैन् ।’

उनले सिद्धान्तमा नचलेपछि मुलुक राम्रो नहुने जिकिर गरे । उनले भने,‘यो अब अन्तिम चेतावनी हो । यो सिस्टम अन्तिम ट्रायलमा छ । सही व्यक्तिलाई जिताउन सक्यौं र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौं भने ठीक छ, यदि यसो गर्न सकेनौं भने व्यवस्था जान्छ । अर्को कू हुन्छ । अहिलेका नेताहरुले नै देशलाई यस्तो अवस्थामा पुर्याएका छन् ।’

उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे । उनले भने,‘ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिंडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।’

दिक्षितले गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गरे । माधव नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उनले प्रश्न गरेका छन् । उनले भने,‘हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुई जिब्रे कुरा हो । यो लाचारीपन हो । कांग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो । नेताहरुले आज हामी हार्छौं भनेर गठबन्धन गर्नुपरेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होईन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै, यिनीहरु प्हिले हामी गठबन्धनमा जानुहुँदैन भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।’

मुलुकमा लोकतन्त्र बचाउन र अर्को कू नगराउने हो भने कुनैपनि हालतमा गठबन्धनबाट आउनेहरुलाई जिताउन नहुने उनको तर्क छ । उनले भने,‘यदि गठबन्धनबाट कोही आउँछ भने त्यसलाई हराउनैपर्छ । चुनावमा तालमेल वा सिट बाँडफाँड गरेर आउ, मेरो आपत्ति छैन् । हामीले चाहेको संघीयता यस्तो होईन ।’ उनले देश खत्तम पार्ने नेताहरुलाई भोट दिन नहुनेमा जोड दिए ।