६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमश्री सहकारी काण्डः फरार अध्यक्ष रामबहादुर गौतम नेपाल फर्किए



अ+ अ-

काठमाडौं । राजधानीको कालीमाटीमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम नेपाल फर्किएका छन् । एक सातादेखि सहकारी बन्द गरेर अध्यक्ष गौतम सहितका सबै संचालक एकाएक फरार भएपछि सहकारीमा निक्षेप रहेका व्यक्तिहरु आक्रोशित र चिन्तित भएका थिए ।

तर अध्यक्ष गौतम भारतबाट नेपाल फर्किएका छन् । उनी प्रहरीको सुरक्षा बीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा आइपुगेका थिए । उनले सहकारीको कार्यालयमा उपस्थित निक्षेपकर्ताका सामुन्ने आफूले सहकारी विभाग समेतका निकाय र ठूला निक्षेपकर्तासँग कुरा गरिसकेको बताउँदै सबैको पैसा क्रमिक रुपमा भुक्तानी गरिदिने बचन दिएका थिए ।

उनले तर यसका लागि हतार नगर्न र केही समय धैर्य गर्न आग्रह समेत गरेका थिए । गौतमले आफूले आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको सबै रकम फरफारक गर्ने बताएका थिए ।

अध्यक्ष गौतमले आफू सहकारीकै भवनमा बस्ने र कहीँ नजाने बताएर बचतकर्तालाई आश्वस्त पार्न खोजेका थिए । आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण आइतबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बुझाउने पनि उनले बताए ।




भर्खरै