१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

काभ्रेस्थली मृत्यु प्रकरण: असमझदारीले परिवारै समाप्त

काभ्रेस्थली मृत्यु प्रकरण: असमझदारीले परिवारै समाप्त
अ अ+ अ-

काठमाडौँ । काठमाडौँका तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला प¥यो । उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गयो ।

अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेल (श्रीमान्–श्रीमतीको असझमदारी) ले परिवार नै समाप्त हुन पुगेको छ । घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ । सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । त्यसमा श्रीमतीमाथि आरोप लगाइएको छ ।

उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई अन्य सदस्यको हत्या गरी आफैँले आत्महत्या गरेको देखिए पनि खास यही नै कारण हो भनेर अनुसन्धानपछि मात्रै भन्न सकिने बताउनुहुन्छ । अहिले प्रहरीको अनुसन्धान पनि त्यसैतर्फ सोझिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।

त्यसैले नेपाल प्रहरीले घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण गर्ने चिकित्सक ९फरेन्सिक विज्ञ० डा गोपाल चौधरी र आयुष उपाध्यायको उपस्थितिमै लास जाँच र मुचुल्का उठाएको थियो । आज परीक्षण सम्पन्नपछि परिवारले शव बुझेका छन् ।

दिनेशका दाइ राजेन्द्र र सुनिताका माइतीपक्षबाट घटनाको यथार्थ अनुसन्धान गरी सत्यतथ्य छानबिन गरी पाऊँ भनेर प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सबैको शरीरमा चक्कु अर्थात् धारिलो हतियारले हानेको पाइएको बताउनुहुन्छ । पेट छाती, टाउकोलगायतका क्षेत्रमा गहिरो चोट छ ।

घटनाको अनुसन्धान बाँकी नै रहेकाले त्यसपछि मात्रै अन्य कारण खुल्ने उहाँले बताउनुभयो । यद्यपि श्रीमती र छोराछोरीलाई धारिलो हतियारले हानेर हत्या गरेपछि उनले आत्महत्या गरेको अनुसन्धानमा खटिएका प्रहरीको प्रारम्भिक निष्कर्ष छ । दिनेशको घाँटीमा विद्युत्को तारको डोरी बाँनिएको अवस्थामा छ । उक्त तार झ्यालमा लगेर बानिएको छ । उसले झुण्डिने प्रयाससमेत गरेको देखिएको तर आफैँलाई पनि चक्कु हानेका छन् । पेटमा शरीरको भित्र अङ्ग निस्किने गरी नै उनले चक्कु हानेको पाइएको छ ।

अर्को एउटा कोठामा वीभत्स अवस्थामा श्रीमती र छोराछोरीको शव फेला परेको छ । खाटमा छोरा र छोरीको शव तथा भुइँमा पल्टिएको अवस्थामा सुनिताको शव फेला परेको थियो । दिनेशको शव भने अर्को कोठामा भेटिएको हो । सुनिताको टाउकोमा हतियारले हानेको गम्भीर चोट छ भने हातभरि चक्कुले खोपेको र काटेको छ । त्यो उनले प्रतिकार गर्ने क्रममा हातले छेक्दा गोपेको प्रहरीले बताएको छ । बच्चाको पनि टाउकोलगायतका अङ्गमा चोट छ ।

उनीहरुको पुरानो घर गोरखाको भीमसेनथापा गाउँपालिकामा हो । दिनेशको परिवार यहाँ एकतले घर बनाएर बसेका थिए । उनी १२ वर्ष कुवेतमा रोजगारी गरेर चार वर्षअघि मात्रै फर्किएका थिए ।

त्यसपछि श्रीमान्श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ । उनीहरुको घरेलु घटना प्रहरीसम्मै पुगेको थियो । सम्बन्धविच्छेदसम्म पुग्न लागेका बेला अन्ततः रोकिएको थियो तर झगडा भने रोकिएन । छिमेकी पटकपटक झगडा भएर मिलाउने प्रयास गरिएको सुनाउँछन् ।

हाल सुनिता बेलायत जाने तयारीमा थिइन् । त्यसका लागि उनले फेन्सी पसल बिक्री गरेको तथा सहकारीको खातासमेत बन्द गराएको अनुसन्धानमा पाइएको छ । दिनेशका तीन दाजुभाइ छन् । जेठा राजेन्द्र, माइला रमेश र उनी दिनेश, उनका अर्की आमापट्टिका दुई भाइ हाल विदेशमा रहेको प्रहरीले जनाएको छ ।

यसरी सार्वजनिक भएको थियो घटना

छोरी पढ्ने सैनिक आवासीय महाविद्यालयको स्कुल बस सदाझैँ नियमितरुपमा सोमबार बिहान पनि आयो । सधैँ समयमै सडकमा आइपुग्ने आशिका सोमबार भने आइनन् । बसका कर्मचारीले सोधखोज गरे । दिनेशका दाइ राजेन्द्रका बच्चासमेत सोही स्कुलमा पढ्ने भएकाले उनीमार्फत आशिकाको सोधीखोजी सुरु भएको थियो ।

राजेन्द्रको परिवार तथा छिमेकीबाट गरेको फोन पनि उठेन । घर हेर्दा ढोका बन्द रहेको तर फोन नउठेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । घटना अन्दाजी ९ बजेतिरको हो त्यसपछि १० बजेको हाराहारीमा प्रहरी घटनास्थल पुगेको थियो । ढोका खोलेर हेर्दा दर्दनाक अवस्थामा चारै जनाको शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले पारिवारिक झगडाले नै उक्त घटना घटेको जनाइएको छ । स्थानीयका अनुसार पनि पहिलेदेखि नै झगडा हुने गरेको थियो । भनाभन पनि हुने गरेको र छिमेकीले कहिलेकाहीँ दुवै राखेर सम्झाउने गरेका पनि थिए तर उक्त झगडा बेलैमा समाधान हुन नसक्दा जीवन समाप्त हुन पुग्यो । रासस