६ आश्विन २०८१, आईतवार
,
Latest
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।

दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा,चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिेनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ ।

लुम्ेिबेनी प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गर्नुभएको भएपनि अहिले सो सडक अलपत्र बनेको छ । काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीय राजकुमारी वि.क.ले बताउनु भयो ।

उहाँले वर्षेनी ढुङ्गगा सहितको पहिरोले जनधनको क्षति व्योहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुने भन्दा खुशी लागेको भएपनि ५ वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दुःख लागेको बताउनु भयो । उहाँले सडक निर्माण पूरा गर्न नसक्दा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको बताउनु भयो । अर्का स्थानीय गोविन्द वि.क.ले बाटो बनाउन थालेको ५ वर्ष पूरा भएपनि काम नसकिएको बताउनु भयो । उहाँले विभिन्न खोलाहरुमा मोटरेबल पुल बनिसकेको र पहाडको ठाउँ भएकोले माटो बगिरहेको बताउनु भयो ।

त्यस्तै अर्का स्थानीय बाटोको सुधार भइरहेपनि लामो समयसम्म निर्माण पूरा नहुँदा स्थानीयले दुःख पाएको बताउनु भयो । उहाँले काममा सुधार देखिएपनि कहिलेसम्म निर्माण पूरा हुन्छ भन्ने कुराको स्पष्टता नरहेको उल्लेख गर्नुभयो । उहाँले सडक खनेका कारण पहिरो जाने र जमिन भासिने गरेको बताउनु भयो ।

सडक पुर्वाधार कार्यलय पाल्पाकाअनुसार सडक निर्माणको क्रममा कमजोर भूभागको आँकलन नगरिदा वर्षेनी पहिरोको समस्या थपिँदै गएको छ । सडक पुर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले चुरे क्षेत्र भएका कारण पहिरोको समस्या बढ्दै गइरहेकोले काम समयमै सकिन समस्या भइरहेको बताउनु भयो । उहाँले सडक निर्माणमा पहिरो बाधक भएकोले पहिरोको समाधान अहिलेसम्म नपाइएको बताउनु भयो ।

भुगोलको विषयमा सम्भाव्यता अध्यनबिना चुरे पहाडमा निर्माण थालिनु, मेसिनको प्रयोग हुनु, जस्ता कारणले सरकारको लगानीले सार्थकता पाउनसक्ने अवस्था कम रहेको स्थानीयहरुको गुनासो छ । चुरे आफैँमा कमजोर पहाड भएकोले कमजोर पहाडमा ठूला मेसिनको प्रयोग गरी सडक निर्माण भएपछि यस क्षेत्रको वन जंगल मात्र नभई मानवीय बस्तीसम्म पहिरोको उच्च जोखिममा परेको छ । यस खण्डको झन्डै दश किलोमिटर कमजोर भूभागका कारण पहिरोको उच्च जोखिम छ ।

जोखिमयुक्त सडकको वैकल्पिक सडक भनिएपनी पर्याप्त अध्ययन बिना नै सडक निर्माण थालिँदा अहिलेको अवस्था सिर्जन भएको स्थानीयहरु बताउँछन् । जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न ३० करोड बढी रकम खर्चिएको छ ।

वि.स.२०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपैयाँसम्म विनियोजन गरेको थियो । जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा यो सडकका लागि पुनः ७ करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ ।