२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिपः महत्वपूर्ण खेलमा बंगलादेशको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (मंगलबार) लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।

नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ भने अर्कोतर्फ नेपाल भारत र माल्दिभ्सबीचको खेलको नतिजाको प्रतिक्षामा रहनुपर्नेछ ।

आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । आइतबार भारतसँग ८–० को फराकिलो हारपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो । यदि, बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत र माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।

अर्कोतर्फ, भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपालले फाइनलमा स्थान बनाउनेछ भने माल्दिभ्स र भारतबीच बराबरी भएको खण्डमा नेपालले बंगलादेशमाथि झिनो गोलको जितले पनि पुग्नेछ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । किनभने बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली समेत हो ।

बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताबाट माल्दिभ्स र श्रीलंका भने समान १–१ अंक जोडेर बाहिरिसकेका छन् । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।