६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतसँग ८-० गोलको हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे भने टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक-एक गोल गरे ।

पहिलो खेलमा माल्दिभ्सलाई ४–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराएको नेपाल भारतसँग भने लज्जास्पद हार ब्यहोरेको हो ।

च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अब अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।