• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

भारतसँग नेपालको लज्जास्पद हार



काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतसँग ८-० गोलको हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे भने टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक-एक गोल गरे ।

पहिलो खेलमा माल्दिभ्सलाई ४–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराएको नेपाल भारतसँग भने लज्जास्पद हार ब्यहोरेको हो ।

च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अब अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।