२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 3.09

Humidity: 56

Latest
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देनको देश दौडाह,धनगढीमा ४०० बढीलाई पार्टीमा भित्र्याए



अ+ अ-

धनगढी ।धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले परित्याग गरेका राजेश भण्डारी, रोम स्वाँर, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार बिजयी गराउने अभियानका संयोजक दानबहादुर रावल, डिल्ली जैसी, सम्राट सिंह सहित एमाले, कांग्रेस लगायत विभिन्न राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तित्वहरूको ठूलो संख्यालाई धनगढीमा आयोजित समारोहमा राप्रपामा स्वागत गर्नुभएको छ ।

मंगलबार पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला भनिने राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई रोक्न मात्रै होइन परास्त गर्न सबल राप्रपा निर्माणमा जोड दिनुभएको छ । हामी संघ र प्रदेशको निर्वाचनको निकट छौं, अध्यक्ष लिङ्देनले भन्नुभयो ‘यो निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।’ नवप्रवेशीहरुले षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिदै आफूहरू बिना शर्त राप्रपा प्रवेश गरेको बताएका छन् । एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका राजेश भण्डारीले इमानदार नेतृत्वको अभावमा समाजको सबै क्षेत्र प्रदुषित बनेको र नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्वको रुपमा राजेन्द्र लिङ्देनको उदय भएपछि राप्रपा आम जनताको आशा, भरोसाको नयाँ राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । अर्का नवप्रवेशी रोम स्वाँरले आवधिक निर्वाचनमा गरिने छनौटले देशको भविष्य निर्धारण हुने भएकाले राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन आफूहरू राप्रपामा समाहित भएको बताएका छन् ।

कार्यक्रममा राप्रपाका नेताहरू चन्द्रबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, सहायक प्रवक्ता पूर्ण चन्द, केन्द्रीय सदस्यहरु तिर्थराज चटौत, हिक्मत सिंह भण्डारी, गणेश विष्ट लगायतको उपस्थिति रहेको थियो । राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङले छिट्टै अर्को चरणको पार्टी प्रवेश गराउने र कैलालीमा राप्रपालाई बलियो शक्तिको रुपमा उभ्याउने दाबी गरेका छन् ।