१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै



अ+ अ-

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

उहाँ बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अस्वीकार गरेको केही सातापछि उहाँले एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नुभएको थियो ।

स्रोतका अनुसार उहाँ दुईदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको छ । तर, अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन ।