११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’

एसपीपी सम्झौताका बुँदाहरु कार्यान्वयन गर्न प्रधानमन्त्री लागिपरेको भीम रावलको आरोप

एसपीपी सम्झौताका बुँदाहरु कार्यान्वयन गर्न प्रधानमन्त्री लागिपरेको भीम रावलको आरोप
file
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रीपरिषद्ले गरेको निर्णय अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौती दिनुभयो ।

संसदीय समितिले पटकपटक निर्देशन दिदाँ पनि पत्र नपठाउनुले गम्भिर आशंका उब्जाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पत्र नपठाउनु यो गम्भिर आशंकाको विषय हो । चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग ।

यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समय अगाडी एसपीपीको सम्बन्धमा जुन दश बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशिल हुनुहुन्छ भन्ने व्यापक चर्चा छ । यदी यो चर्चा असत्य हो भने म उहीँबाट यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुठा सावित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’

उहाँले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गर्नुभयो ।