१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको सपथ



अ+ अ-

काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष डा. दुर्गा बहादुर सुवेदी जापान, दान बहादुर तामाङ दक्षिण अफ्रिका, शर्मिला पराजुली (ढकाल) स्पेन, मिलनराज तुलाधर रुसी महासंघ र प्राडा राम स्वार्थ राय डेनमार्कका लागि राजदूतले सपथ लिनुभएको हो ।

राष्ट्रपति भवन शितल निवासमा सम्पन्न समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।