२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री खाण श्रेष्ठलाई भेट्न बुधबार बिहान ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवास पुगेका थिए । भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो’, गृहमन्त्री खाणले भने ।

राष्ट्रियसभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै निर्णयार्थ प्रस्तुत हुँदैछ ।

राष्ट्रियसभाका सदस्य श्रेष्ठले उक्त विधेयकको विरोध गर्दै आएका छन् । सोही सन्दर्भमा उनीसँग गृहमन्त्री खाणले भेट गरेका हुन् ।