११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

गठबन्धनको चिन्ताले मुलुक बरबाद पार्न पाइँदैनः एमाले सचिव अर्याल

गठबन्धनको चिन्ताले मुलुक बरबाद पार्न पाइँदैनः एमाले सचिव अर्याल
अ अ+ अ-

स्याङ्जा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताउनुभएको हो ।

देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ गहिरहेका बेला देशका प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर देशको प्रमुख समस्या समाधान गर्नुपर्नेमा केही ठुला राजनीतिक दलहरुको देशको भन्दा दलिय चिन्ताका कारण गठबन्धनमा लागेर देशको प्रमुख समस्यालाई नजरअन्दाज गरेको बताउनुभयो ।

नेतृ अर्यालले भन्नुभयो, “मुलुकको अर्थतन्त्र धारासाही बन्दै गएको छ, महंगीले जनताको ढाड सेकेको छ । ठुला दलका नेताहरुलाई गठबन्धनको मात्रै चिन्ता छ, गठबन्धनको चिन्ताले मुलुक र जनताको जीवनलाई चौपट पार्न पाइदैन ।” खेती लगाउने बेलामा किसानलाई बल खै रु विद्यार्थीलाई पुस्तक र जनतालाई सहज खालको जीवन जिउने वातावरण बनाउने तर्फ गठबन्धनको ध्यान जानु पर्दैन अर्यालको प्रश्न थियो ।

गठबन्धनको मात्रै चिन्ताले मुलुक र जनताको जीवनलाई चौपट पार्न नपाइने नेकपा एमालेको धारणा रहेको बताउदै अहिलेको अवस्थामा देशका सबै राजनीतिक दलहरु गम्भिर भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । दलिय एकताले मात्रै नेपालका ठुलाठुला परिवर्तनहरु सफल भएको बताउदै अर्यालले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाई श्रष्ठका विचार र सिद्धान्तहरुको सन्दर्भीकता झनै बढेर गएको र मुलुक पुष्लालको विचारमा अगाडी बढेको छ ।,

मुलुकको राजनीतिक परिर्वतनको लागि संयुक्त जनआन्दोलन विना मुलुकमा परिवर्तन हुन सक्दैन भन्ने मान्यताले सार्थकता प्राप्त गरेको छ ।” मुलुकबाट राणा, पञ्चायत र राजा दलहरुको संयुक्त अन्दोलनका बलमा मात्रै फेकिएकोले नै पुष्पलालका विचारहरु कति दुरदर्शी रहेछन् भन्ने कुराको पुष्टि भएको नेतृ अर्यालको भनाइ थियो ।

पुष्पलाले रोपेको फूल अहिले देशैभरि फैलीएको छ र ६ जनाले स्थापना गरेको पार्टीमा अहिले लाखौ लाखको हातमा कम्युनिष्ट पार्टीको झण्डा पुगेको उहाँले बताउनुभयो । पुष्पलालको आदर्श समाजको बिभेद अन्त्य गरेर समतामुलक समाजको निर्माण गर्ने । समानुपातिक सहभागिता राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना संगै पिछडिएको समुदायलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने कुरा समानुपातिक सहभागिताको कुरा संविधानमा उल्लेख गरिएको बताउदै पुष्पलालको विचारलाई पछिल्लो समय मदन भण्डारी, मनमोहन अधिकारी हुदै अहिले केपी शर्मा ओलीले नेतृत्व गरेको अर्यालले बताउनुभयो ।

देशमा रानैतिक परिवर्तनको लागि अघिल्लो पुस्तको ठुलो भुमीका रहेको र अबकोे पुस्ताले आर्थिक रुपान्तरणको अभियानमा अगाडी बढेर सो जिम्मेवारीलाई पुरा गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा अर्यालले भन्नुभयो, “स्थानीय तहको निर्वाचन सम्पन्न भएको र त्यसले नेकपा एमाले विरुद्ध पाँच दलीय गठबन्धनले सत्ताको दुरुपयोग गरे पनि एमाले मुलुकको ठुलोपार्टी हो भन्ने कुरा स्थापीत गरेको छ । यसमा गर्भ गर्नुपर्छ ।” एमाले रहेसम्म एकलै लड्न नसक्ने भएकोले एमालेका विरुद्धमा गठबन्धन गरिएको अर्याललको भनाइ थियोे । – हिमलाल पराजुली