११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो

राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले सरासर झुटो बोलेः रामचन्द्र पौडेल

राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले सरासर झुटो बोलेः रामचन्द्र पौडेल
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय शक्तिहरु र नेपालका कम्युनिष्टहरु एकतावद्ध भइ नेपाली काँग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताउनु भयो । वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यक्ता भएपनि आगामी चुनावमा कम्युनिष्टहरु एक ठाउँमा उभिएर काँग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गर्नुभयो । उहाँले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट दलहरु कम्युनिष्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन आजको आवश्यक्ता हो, किनभने आज नेपाललाई स्थिरता चाहिएको छ । सुशासन चाहिएको छ । सामाजिक न्याय चाहिएको छ । विकास चाहिएको छ । अस्थिरताबाट नेपाललाई मुत्तः गराउनुछ । कम्युनिष्टहरुले देश चलाउन सकेनन् । त्यसकारण भोलिको चुनावसम्म पनि गठबन्धनको आवश्यक्ता छ । नेपाली काँग्रेसभित्र पनि अहिले कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने छ भने कम्युनिष्टहरु भित्रपनि कम्युनिष्ट एकताको कुरा छ ।

माओवादी भित्रपनि एकथरी कम्युनिष्ट एकता गर्नुपर्छ भन्नेमा छन् । समाजवादी पार्टीभित्र पनि कम्युनिष्ट एकता गर्नुपर्छ भनेर जोड दिइरहेका छन् । अन्तर्राष्ट्रिय शक्तिहरु पनि कम्युनिष्टलाई एकै ठाउँमा राख्नुपर्छ भनेर लागेका छन् । त्यतिमात्र होइन नेपाली काँग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोशिहरु भइरहेका छन् । यो प्रयास नेपाली काँग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोशिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रममा दिएको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गर्नुभएको थियो ।

वरिष्ठ नेता पौडेलले यस्ता गलत सूचनाहरु हुन नदिन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बतउनु भयो । उहाँले केपी ओलीले नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको भनेपनि त्यसबेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गर्नुभयो । गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको र काँग्रेसलाई मिस अण्डरस्ट्याण्डिङको शिकार बनाउन खोजिएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘केपी ओलीले केही दिनअघि भन्नुभयो । के भन्नुभयो भने, राजाले गरेको घोषणा मैले बल्खुमा बसेर लेखेको हो भन्नुभयो ।

नाटकीय रुपमा फलानो रुखमुनि बसेर लेखेको हो भन्नुभयो । तर राजाले गरेको घोषणालाई हामीले संसद सुचारु भएको छैन । भनेर हामीले आन्दोलन गरेका थियौँ । तर त्यो आन्दोलनमा उहाँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन । तर राजाका सचिव महाराजगञ्जमा आएर तीनपटकसम्म हामीले सच्याउँदै अनि राजाले जारी गरेको घोषणालाई केपी ओलीले मैले लेखेको वक्तव्य भनेर भने । त्यस्तो किसिमको झुटो सूचना जनतालाई दिने ? यस्ता धेरै गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको छ । नेपाली काँग्रेसलाई मिस अण्डरस्ट्याण्डिङको शिकार बनाउन खोजिएको छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान जरुरी रहेको बताउनु भयो ।