१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

नेपाली मौलिक सामग्रीको लागि अमेरिकामा प्राईम होलसेलको अभियान

नेपाली मौलिक सामग्रीको लागि अमेरिकामा प्राईम होलसेलको अभियान
अ अ+ अ-

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो

चर्चित सांगितिक समूह १९७४ एडीले गाएको गीतले भने जस्तै अमेरिकामा व्यापार व्यवसायमा राम्रैसँग जमेका गणेश लामिछानेलाई पनि देश चिनाउने हुटहुटी जाग्यो । तर कसरी ? आफूले गरिरहेका व्यवसायहरु ग्यास स्टेसन, घरजग्गा सम्बन्धी कारोबार लगायतले अर्थोपार्जनमा राम्रै टेवा त दियो तर आत्मसन्तुष्टि भने कमै भयो ।

यहि हुटहुटी मेटाउनका लागि लामिछानेले अमेरिकामा रहेका नेपालीहरुलाई केन्द्रीत गरेर नयाँ व्यवसाय सुरु गर्ने सोच बनाउनु भयो । यहि सोच अहिले देश चिनाउने पहिचान मध्येको एक भएको छ प्राईम होलसेल अभियान ।

लामिछानेले अमेरिकामा धेरै नेपाली बसोबास गर्ने प्रमुख मध्येको एक सहर बाल्टिमोरबाट सुरु गर्नु भएको यो अभियान अमेरिकाका अन्य सहरहरुमा समेत बिस्तार हुँदै गएको छ । स्वदेशमा रहँदा भन्दा विदेशमा नेपाली मौलिक उत्पादनहरुको महत्व बढी हुने गर्दछ ।

त्यही चाहनालाई पुरा गर्न लामिछानेले सुरु गरेको प्राईम होलसेल अभियानले नेपालमा बनेका आँखीझ्याल, मुकुट, करुवा, डमरु, पूजाको मन्दिर तथा सामग्री, तामाका जलदानी, बाँसुरी, सारङ्गी, मादल, तबला, दौरा सुरुवाल, गुन्यचोली जस्ता सामग्री उपलब्ध गराउँदै आएको छ ।

यसैगरी, चिउरा, चियापत्ति, देवी देउताका मुर्ति, कलस, दियो, कचौरा, पानस, चुरा पोते, धार्मिक पुस्तक सहित विभिन्न संस्कारमा प्रयोग हुने पुजा सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

विभिन्न पर्वहरुका लगाइने नेपाली मौलिक पहिरन, सुनचाँदीका गरगहना, विभिन्न मरमसलाहरु उपलब्ध हुँदा अमेरिकामा रहेका नेपालीहरुले काठमाडौको न्युरोड, ईन्द्रचोक र असनको संम्झना गर्दछन् ।

नेपाली समुदायमा राम्रो छाप राखेको यो अभियानलाई नेपाल मेड अभियानका रुपमा फैलाउने लामिछानेले न्युजपोलारलाई बताउनु भयो । उहाँले भन्नुभयो, नेपाली मौलिक सामग्रीको अत्यधिक माग छ तर उत्पादन पाउन नै कठिन छ । ५०० थान मादल खोज्दा पुर्याउन नै मुस्किल हुन्छ तर पछिल्ला केही समय यता भने नेपालमा पनि उत्पादन बढ्न थालेको छ । जसले गर्दा नेपालमा एक खालको रोजगारी पनि सृजना भएको छ ।

उहाँले भन्नुभयो, विदेशमा रहेका प्रत्येक नेपालीले पाँच ओटा मात्र मौलिक सामग्री राख्ने हो भने पनि नेपालको अर्थतन्त्र सँगै रोजगारीमा ठूलो टेवा पुग्छ । यसका साथै विश्वभर नेपाल चिनाउन निकै मद्दत पुग्छ । उहाँले अगाडि भन्नुभयो, जन्मथलोबाट कर्मथलोमा पुगेको बेला पनि नेपालको मौलिक चाडपर्वहरु दशैं तिहार, जनैपूर्णीमा, तीज साथै न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह र अन्य चाडपर्वसँगै विभिन्न समयमा गरिने पुजाका लागि आवश्यक पर्ने सामग्रीका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

प्राईम होलसेल अभियान बारे लामिछानेले भन्नुभयो, हामीले थोकका साथै खुद्रा पनि बिक्री गर्छौं । यहाँ नेपालमा निर्मित सबै प्रकारका सामन एकै छतमा पाइने हुनाले हामीसँग अमेरिकामा खुद्रा व्यवसाय गर्न चाहने जो कोहीले पनि सम्पर्क गर्न सक्नु हुन्छ ।