१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन मन्त्री चौधरीको निर्देशन

सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन मन्त्री चौधरीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिनुभएको छ ।

हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटमा निर्माण गरिरहेको फोहर पानी प्रशोधन केन्द्रको आज अवलोकन गर्नुहुँदै उहाँले खानेपानीको माग धेरै आउने गरे पनि फोहर पानी प्रशोधनको माग कम हुने गरेको बताउनुभयो ।

फोहर पानी प्रशोधन गर्ने काममा अब सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने भनाइ सो अवसरमा मन्त्री चौधरीले राख्नुभयो । “जनसङ्ख्या र सहरीकरण दुवै बढेको छ, अब ७५३ वटै स्थानीय तहमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्नु आवश्यक छ, अहिले बनिरहेका धोबीघाटलगायत स्थानका प्रशोधन केन्द्र पनि समयमै निर्माण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

धोबीघाटमा हाल दुई वटा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यही जुलाई अन्तिममा एउटा केन्द्रको म्याद सकिँदैछ । यही महिनामा म्याद सकिने आयोजनाको हालसम्म २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

अर्को आयोजनाको म्याद डिसेम्बर अन्तिममा सकिने जनाइएको छ । यो आयोजनामा करिब ८० प्रतिशत भौतिक प्रगति छ । सन्तोषजनक अवस्थामा रहेको यो आयोजना तोकिएकै समयमा सकिने भएको छ ।

दोस्रो आयोजना समयमै सकिए पनि केन्द्र सञ्चालनमा भने आउन नसक्ने भएको छ । पहिलो आयोजनासँगै दुवै आयोजना सञ्चालनको पूर्वाधारको संरचना पनि बन्न बाँकी रहेकाले चलाउन नसकिने जनाइएको छ । दुवैको काम समयमै सकेर प्रशोधन केन्द्र समयमै सक्न पनि मन्त्री चौधरीले निर्देशन दिनुभयो । आयोजनाको काम अघि बढाउँदा स्थानीयवासीसँग भएको प्रतिबद्धता पूरा गर्न पनि मन्त्री उहाँले निर्देशन दिनुभएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकाका १८ नगरपालिकामा ३४ प्रतिशतमात्र ढल प्रणाली देखिएको बताउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेश कुशवाहाले धोबीघाटमा सात करोड ४० लाख लिटर पानी प्रशोधन गर्ने गरी केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।

यसबाट आठ लाख आठ हजार जनसङ्ख्या लाभान्वित हुने उहाँले सुनाउनुभयो । फोहर पानी प्रशोधनबाट ग्यास निकाली त्यसबाट ३०५ किलोवाट प्रतिघण्टा क्षमताका दुई वटा जलविद्युत् आयोजना पनि सञ्चालनमा आउनेछ ।