१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्
अ अ+ अ-

काठमाडौँ । मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताउनु भयो । मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उहाँको भनाई छ । उहाँले मनसुन न्यून चापिय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्याधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ । वर्षा हुने बित्तिकै शितल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढेकै भयो । तापक्रम बढको महशुस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शितल अनुभव गर्नसक्छौँ । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ । मनसुन न्यूनचापिय रेखा यो माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा देखिन्छ ।’

उहाँले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताउनु भयो । हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरुले बताउनु भयो । हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताउनु भयो । उहाँले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘देशभर मनसुनको अवस्थाको कुरा गर्दाखेरी तत्काललाई मनसुन ट्रफ नर्मल पोजिशनमा छ । दक्षिणतिर नै रहेको थियो । त्यसले गर्दाखेरी अलिकति नेपालमा ब्रेकको जस्तो स्थिति देखिएको थियो । अब यो एक, दुई दिनमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना धेरै छ । त्यो सम्भावना सँगसँगै देशभरी वर्षाको अहिले जुन रोकिएको क्रम छ, वर्षा फेरी देशभरी नै धेरैजसो स्थानहरुमा पर्ने सम्भावना रहन्छ र अहिलेको कुरा गर्दा नेपालमा लगभग ब्रेककै स्थिति हो मनसुनको । मनसुन भन्ने बित्तिकै फेरि सबै दिनमै वर्षा हुन्छ भन्ने हुँदैन । एक्टिभ फेज हुन्छ अनि ब्रेक फेज हुन्छ । यो ब्रेकफेजमा के भयो भन्दाखेरी धेरै वर्षा हुने बेलामा नै वर्षा नभएको फेरि धान रोपिरहेको स्थिति हुँदाखेरी धाँजाहरु धेरै ठाउँमा फाटेको स्थिति पनि आएको छ । विशेषगरी तराईतिर यो देखिएको तस्वीरहरु देख्न पाइएको छ ।’

मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताउनु भयो । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘मधेस प्रदेश, प्रदेश१, वागमती प्रदेश र गण्डकी प्रदेशमा सरदरभन्दा बढी नै वर्षा देखिएको छ । लुम्बिनी प्रदेशको बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ । अहिलेसम्मको स्थितिमा ।’

उहाँले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।