१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

सामुदायिक कुकुर मार्ने वडाध्यक्षको अभिव्यक्तिप्रति दुई संस्थाको आपत्ति

सामुदायिक कुकुर मार्ने वडाध्यक्षको अभिव्यक्तिप्रति दुई संस्थाको आपत्ति
अ अ+ अ-

काठमाडौँ । असहाय गाईबाछा संरक्षण अभियानले काठमाडौँ महानगरमा बेवारिसे कुकुर मार्नुपर्छ भन्ने काठमाडौँ महानगरका एक वडाध्यक्षको सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ ।

अभियानका अध्यक्ष उत्तम पुडासैनीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घृणात्मक अभिव्यक्ति र हत्या तथा हिंसा जस्ता क्रियाकलापको वकालत आफैँमा अपराधकर्म भएको र यस्ता अभिव्यक्ति दण्डनीय हुने बताउनु्भएको छ ।

“यो धर्ती मान्छेको मात्र होइन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१ औँ शताब्दीको सोचमा मग्न भैरहँदा हामी उही १६ औँ शताब्दीको पुरातन सोचमा रुमलिएका छौँ”, विज्ञप्तिमा उहाँले भन्नुभएको छ ।

काठमाडौँ महानगरपालिका जस्तो गरिमामय संस्थाका एकजना वडाध्यक्षले सार्वजनिकरुपमा कुकुर मार्ने दिएको अभिव्यक्तिले उहाँको सोच र हैसियतलाई छताछुल्ल मात्र बनाइदिएको नभई अन्तर्राष्ट्रिय जगत्मा समेत हाम्रो शिर निहुरिएको उहाँले बताउनुभयो ।

“सडकमा भौँतारिएका ती अबोध प्राणीको के दोष ? मान्छेहरुको भीडले आक्रान्त यो धर्तीलाई उनै मान्छेहरुले दिनानुदिन विकृत बनाइरहँदा ती अबोध प्राणीहरु भोकभोकै भौँतारिनुपरेको अनि अनेक रोगब्याधले थलिएर सडक किनारमा जीवन त्याग्नु परेको पीडालाई अनुभूत गर्न नसक्ने प्राणी मान्छे हुनै सक्दैन”, अध्यक्ष पुडासैनीले भन्नुभएको छ, “आफू एकक्षण भोकै बस्नुपर्दाको पीडा कस्तो हुन्छ ? आफूलाई चोट लाग्दाको पीडा कस्तो हुन्छ ? चिसो रातमा खुल्ला आकाशमुनि बस्नुको पीडा होस् या पानीमा रुझ्दै कसैले आश्रय देला कि भनेर ढोकाबाहिर ढुक्नुको पीडा कस्तो हुन्छ ?”

उहाँले सामाजिक विचलन ल्याउने खालका यस्ता अभिव्यक्ति दिने वडाध्यक्षमाथि कारवाहीका लागि आह्वान गर्नुभएको छ ।

उहाँले सडकमा कुकुरमात्र नभई असहाय गाईबाछाहरु समेत अत्यन्तै दर्दनाक अवस्थामा बाँच्नु परेको अवस्थालाई मध्यनजर राख्दै उनीहरुको उचित स्याहार र आहारको व्यवस्थाका लागि अभियानका तर्फबाट समस्त स्थानीय, प्रान्तीय र संघीय सरकारसँग आग्रह गर्नुभएको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाको छैठौँ कार्यपालिका बैठकमा वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले सामुदायिक कुकुरहरुको व्यवस्थापन सम्बन्धमा व्यक्त गर्नुभएको धारणाप्रति पशु कल्याण संघ नेपालले आपत्ति प्रकट गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै सामुदायिक कुकर तथा छाडा चौपायाहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताएको छ ।

“आधुनिक विश्व विज्ञान प्रविधिद्वारा यति आधुनिक भइसक्दा पनि सानातिना समस्याहरुको सृजनात्मक, दीर्घकालीन तथा मानवीय समाधान खोज्नुको साटो यस्ता किसिमका अव्यावहारिक र लज्जास्पद विचार व्यक्त गर्ने जिम्मेबार निकायहरुका कारण सभ्यता विकासको दौडमा हामी निकै पछाडि परिरहेका छौँ भन्ने अनुभूति भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निज वडाध्यक्ष आफैँले विगतमा आफूले कुकुरहरु मारेको र अझै पनि मार्नका लागि विषादि खोजिरहेको स्वीकारोक्तिसहितको अभिव्यक्ति दिएका कारण निजलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरिएको छ ।