१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२
वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहनि सुकुम्बासीको पहिचान गरी बसोवासको लागि घरघडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिनुभयो । उहाँले कुप्रचारको निर्मुल गर्न जरुरी भएकोले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री देउवाले हरुवाचरुवा, लगायतका कमैया श्रमीकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतीका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको वि.सं २०५७ मा बँधुवा कृषि श्रमीकको रुपमा रहेको मुक्त कमैया प्रथाको अन्त्यको घोषणा गरेको थियो । सो कार्यलाई व्यवस्थित ढंगबाट सञ्चालन तथा नियमन गर्न २०५८ सालमा मेरै कार्यकालमा मुक्त कमैया श्रम निर्देश गर्ने सम्बन्धी ऐन जारी भएको थियो । त्यो ऐनले कमैया, हलिया कमलरी, हरुवा, चरुवा लगायतका विभिन्न नामले चिनिने कृषि श्रमीक घरेलु श्रमीक वा मजदुर सबैलाई मुक्त गर्ने घोषणा गर्दै ती परिवारलाई मुक्त कमैयालाई श्रम तथा बँधुवा मजदुरबाट फुकुवा गर्ने भनेको थियो । साथै ती ऋणहरु सम्बन्धित सम्झौता वा खारेज गर्ने व्यवस्था भएको थियो । सरकारले उक्त ऐनको भावना बमोजिम हलिया,कमलरी लगायत सबै किसिमको कमैया श्रमीकको मुक्ति घोषणा गरेको छ । यस परिवारको पुनः स्थापनाका लागि जग्गा उपलब्ध गराउने, घर निर्माणका लागि आर्थिक सहयोग गर्ने र आयआर्जन, रोजगार तथा जीविकोपार्जनका लागि विभिन्न सीपमुलक तालिम दिने लगायतका कार्यक्रमहरु सञ्चालन गरेको थियो । नेपालको संविधानको भाग २ मा मौलिक हक अन्तर्गत शोषणबिरुद्धको हक व्यवस्था गरेको छ । मुक्त कमैया कसैलाई पनि बेचबिखन गर्ने, दास बनाउन वा कसैलाई पनि संविधान विपरितको काममा लगाउन नपाइने व्यवस्था छ । भाग ४ मा राज्यका निर्देशक सिद्धान्त तथा दायित्व अन्तर्गत सामाजिक न्याय, समावेशीकरण नीतिमा मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहनि सुकुम्बासीको पहिचान गरी बसोवासको लागि घरघडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिने कुरा रहेको छ । संवैधानिक एवं कानूनी योगदानका व्यवस्थालाई समेत ध्यानमा राखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनले समस्या उजागर गर्दै समाधानका उपायहरु समेत ल्याएको छ । यी सुझावहरुलाई ध्यानमा राखेर अघि बढ्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन्छु । यस्ता कुप्रचारको निर्मुल गर्न जरुरी भएकोले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउँछु । हरुवाचरुवा, लगायतका कमैया श्रमीकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतीका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन र विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न नेपाल सरकारका सबै मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन्छु । मुक्तकमैयालाई आत्मनिर्भर बनाउने, उनीहरुको स्वतन्त्रता र स्वाभीमानलाई आत्मसम्मान बढाउन तीनै तहका सरकार र अन्य सरोकारवालाहरु प्रतिवद्ध हुन आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले मुक्तकमैयालाई आत्मनिर्भर बनाउन, उनीहरुको स्वतन्त्रता र स्वाभीमानलाई आत्मसम्मान गर्न तीनै तहका सरकार र सरोकारवालाहरु प्रतिवद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।