१९ आश्विन २०८१, शनिबार
,
Latest
कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज उहाँले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो । पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रुपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सङ्घ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न उहाँले आग्रह गर्नुभयो ।

“निर्वाचनको समयमा टिकट पाउँछु कि पाउँदिन भन्ने विषयलाई ठूलो विषय नबनाउनुस्, राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व कसरी बढीभन्दा बढी बनाउने भन्नेमा केन्द्रित हुनुस्, सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले जिल्लाबाट प्राप्त भएको प्रतिवेदन पेस गर्ने, वर्तमान शक्ति सन्तुलन, पार्टी र सङ्गठनको अवस्था जस्ता विषय बैठकका ऐजेन्डा रहेको बताउनुभयो ।

त्यसैगरी बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल हुने बताइएको छ । कार्यक्रममा १३ जिल्लाका नेता कार्यकर्ता सहभागी भएका छन् ।