१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको नगद सहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सर्लाही । मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।