१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

मेरो र आरजु देउवाको भारत भ्रमणको उद्देश्य एउटै होइन: प्रचण्ड

मेरो र आरजु देउवाको भारत भ्रमणको उद्देश्य एउटै होइन: प्रचण्ड
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको भारत भ्रमणको उद्देश्य एउटै नभएको बताउनुभएको छ ।

भारत भ्रमणका लागि नयाँ दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको बताउनुभयो । उहाँले आफ्नो भारत भ्रमणले भारतसँगको सम्बन्ध सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री पत्नी आरजुको भारत भ्रमणको चर्चा चलिरहेको बेला प्रचण्डको आकस्मिक भारत भ्रमण भएको छ । उहाँले यसलाई संयोग मात्र भन्नुभयो । “उहाँको भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक हो, नयाँ दिल्लीमा उहाँ (आरजु) सँग भेट हुनसक्छ, सम्भवतः उहाँ उपचारका लागि जानु भएको होला ।”

पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले आफूले छिट्टै चीनको पनि भ्रमण गर्ने जानकारी दिनुभयो । भर्खरै नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको उल्लेख गर्दै उहाँले चीन भ्रमणमा आउँछु भनेर जवाफ दिएको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।