• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

थप १० लाख फाइजर खोप नेपाल आइपुग्यो



काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको थप १० लाख आठ हजार फाइजर भ्याक्सिन आइपुगेको छ । नेपालस्थित अमेरिकी राजदूतावासले कोभिड–१९ को महामारीबाट नेपाली बालबालिकालाई जोगाउने उद्देश्यले फाइजर भ्याक्सिनको थप १० लाख आठ हजार भ्याक्सिन बिहीबार साँझ काठमाडौँ आइपुगेको जनाएको छ ।

अमेरिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ ।

राजदूतावासले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई उदृत गर्दै भनेको छ, “हामीले गर्ने सबै काममा हामी हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न खोज्छौँ किनकि यो महामारी कुनै पनि देशले एक्लै समाधान गर्न नसक्ने संकटको एउटा प्रष्ट उदाहरण हो। हामी सबै एकजुट भएर लाग्यौँ भने यो सम्भव छ भन्ने हामीलाई थाहा छ ।”