५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ



अ+ अ-

चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वनाथ थारु हुन् ।

गत वैशाख ३० गते भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको दाबी प्रहरीको छ ।

पक्राउ परेका थारु भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् ।

तीन वटा मोटरसाइकलमा आएको ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाएको थियो । आगो लाग्दा बस पूर्णरुपमा जलेको थियो ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।