३० माघ २०८१, बुधबार
,
Latest
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ रारा रिसोर्ट शिलान्यास – निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिननजिकै चारवटा गाडी ठोक्किए, एक जनाको मृत्यु, २२ घाइते



तस्बिर : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । चितवनको मुग्लिननजिकै चार वटा सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी ठोक्किएका हुन् । गएराति करिब साढे १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

काठमाडौंबाट प्युठान जाँदा गरेको बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासको लागि जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनाका घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ । अहिले यो सडकखण्ड खुलिसकेको मुग्लिन प्रहरीले जनाएको छ ।