२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसिरहेको छ । बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’ बारे छलफल भइरहेको बताइएको छ ।

सत्ता साझेदार दलहरुबीच सो विधेयकसम्बन्धमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद्को बैठक आजै बसेर सो विधेयकलाई पारित गर्ने तयारी गरिएको समाचार छ ।

यसै प्रयोजनका लागि सरकारले आज शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानूनमा संशोधनको विधेयक पेस गर्ने तयारी गरेको बताइएको ।

विद्यमान बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अनुसार अहिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको छ ।

सोसम्बन्धी ऐनअनुसार ती आयोग सञ्चालित भए पनि ऐनमा संशोधन हुनुपर्ने पीडितहरुको माग छ । विसं २०७१ फागुन १४ गते कानून संशोधन गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको थियो ।