• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्व कप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर ★   सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिकाः प्रधानमन्त्री ★   पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

जनार्दन शर्मा प्रकरणको विशेष संसदीय छानवीन समितिका सदस्य हेरफेर



काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानवीन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानवीन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नु भएको प्रस्तावमा सहमति जुटेको हो । जस अनुसार सो समितिमा अव नेपाली काँग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ । सभामुख सापकोटाले भन्नु भयो, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानवीन विशेष समितिमा माननीय श्री पुष्पा भुसाल गौतमको स्थानमा माननीय श्री मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्दछु । प्रस्तावित हेरफेरलाई सहमति जनाई दिनहुन अनुरोध गर्दछु । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’

नेपाली काँग्रेसकी सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिनु भएको छ । आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानवीन गर्न गत असार २२ गते बुधबार सो संसदीय छानवीन विशेष समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन ।