२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.76

Wind: 1.54

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार हुँदै



अ+ अ-

काठमाडौंं । आज (बुधबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । निरन्तर सुनको मूल्य घटेको आज तेश्रो दिन हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० मा कारोबार भईरहेको छ । त्यसैगरी , तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

हिजो (मंगलबार) सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।