८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

साउन १ देखि आ–आफ्ना नगरपालिकाभित्र फोहोर वर्गीकरण गराउने प्रतिवद्धता प्राप्त भएको छः प्रमुख शाह

साउन १ देखि आ–आफ्ना नगरपालिकाभित्र फोहोर वर्गीकरण गराउने प्रतिवद्धता प्राप्त भएको छः प्रमुख शाह
अ+ अ-

काठमाडौँ । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताउनुभएको छ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उहाँहरुको यस्तो प्रतिवद्धता आएको हो ।

उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो । बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो । वैठक सुरु गर्दै प्रमुख शाहले भन्नुभयो, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ । साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषय आजको छलफलमा मुख्य विषय हो ।’

‘महानगरले काम पनि गरिरहेको छ । नेतृत्व पनि गरिरहेको छ । भोलि पनि यसलाई निरन्तरता दिनेछ ।’ फोहोर व्यवस्थापनका लागि परम्परागत विधिबाट काम थाल्ने विषयमा प्रमुख शाहले भन्नुभयो, ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ । फोहोरलाई ग्याँसका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौँ ।’

प्रमुख शाहको यो प्रस्तावपछि अन्य पालिकाका प्रमुख उपप्रमुख तथा प्रतिनिधिले धारणा राख्नुभएको थियो । त्यस क्रममा उहाँहरुले आफूहरुले गरिरहेको अभ्यास र अन्य नगरको सम्बन्धका विषयलाई जोड दिनुभयो । ‘उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले अगुवाई गर्नुपर्छ । नेतृत्व लिनुपर्छ । हामी हाम्रो ठाउँबाट जिम्मेवारी पूरा गछौँ । काठमाडौँ महानगरसँग स्रोत छ । व्यवस्थापनका लागि जग्गा छैन । हामीसँग जग्गा हुन सक्छ । स्रोत छैन । त्यसैले हामीसँग जग्गा छ भने सहकार्य गरौँ यसमा महानगरले लगानी बढाउनुपर्छ ।’ प्रमुखहरुले भन्नुभयो, ‘साझा संकल्प गरौँ ।’

बैठकमा फोहोर व्यवस्थापनको दिगो समाधानका लागि स्रोतमा बर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनु पर्ने, प्लाष्टिकको विकल्पमा झोलाहरुको प्रयोग बढाउनुपर्ने, शुन्य फोहोर (जिरो वेस्ट) अवधारणाको प्रवर्धन गर्नुपर्ने, उपत्यकाभित्र फोहोर व्यवस्थापनको विधि एउटै हुनुपर्ने जस्ता धारणा आएका थिए ।

त्यस क्रममा उहाँहरुले उपत्यका नगरपालिका फोरमलाई सक्रिय बनाएर उपत्यकालाई कस्तो बनाउने भन्ने चित्रका लागि एकीकृत विकासको गुरुयोजना बनाउनु पर्ने बताउनुभयो । पानी पुनभरण, जिम्मेवारीका विषयमा नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापन जस्ता विषयमा साझा संकल्प आवश्यक छ ।

नगरका साझा र भिन्न समस्या तथा समाधानकालागि अबलम्बन हुन सक्ने उपायका विषयमा अध्ययन गर्न उपसमिति बनाएर काम गरौँ । त्यो उपसमिति नगरको आफ्नै पनि हुन सक्छ या हरेक नगरको एक—एक जना सदस्य रहने गरी पनि हुन सक्छ । उपसमितिसँगै विज्ञ समूहको सहयोग लिऔँ । उहाँहरुको भनाइ थियो ।

यसरी धारणा राख्नेहरुमा नागार्जुन नगरका प्रमुख मोहनबहादुर बस्नेत, तारकेश्वर नगरका प्रमुख कृष्णहरि महर्जन, गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जन, चन्द्रागिरी नगरका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरका प्रमुख मीठाराम अधिकारी, टोखा नगरका प्रमुख प्रकाश अधिकारी, कीर्तिपुर नगरका प्रमुख राजकुमार नकर्मीसहित पदाधिकारी हुनुहुन्थ्यो । उहाँहरुले कर प्रणाली, ट्राफिक व्यवस्थापन, वातावरणीय सुधार, नदी तथा सडक सञ्जालको विकास, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पालिकाहरुको नेतृत्व हुनु पर्ने बताउनुभयो । स्थानीय दिगो पूर्वाधार विकासका लागि खरिद ऐनमा केही संशोधन आवश्यक पर्छ । यसका लागि संघीय सरकारलाई भन्नुपर्छ । उहाँहरुको जोड थियो ।

बैठकमा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, एउटै भूगोलभित्र रहेका भिन्न पालिकाहरुका फरक र साझा समस्या बुझ्नका लागि आजको बैठक आयोजना गरिएको बताउनुभयो । ‘पालिकाहरुले सञ्चालन गर्ने कार्यक्रम समुदायले स्वीकार गर्न सक्ने खालको हुनुपर्छ । यसका लागि नगरपालिकाहरुले गरेका कामका विषयमा जानकारी लिने अवसरका रुपमा आजको बैठकलाई लिनुपर्छ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

‘फोहोर व्यवस्थापनमा पालिकाहरुबाट खर्च भएको छ । तर नतिजा मापन गर्न सकिने खालको भएन ।’ बैठकमा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको भनाइ थियो ।

बैठकमा बुढानिलकण्ठ नगरकी उपप्रमुख अनिता लामा, कागेश्वरी मनोहरा नगरकातर्फबाट प्रतिनिधिका रुपमा आउनुभएका वडा नं. ८ का अध्यक्ष हरिभक्त बुढाथोकीले फोहोर व्यवस्थापनलाई टुक्रामा नभई एकीकृत र दिगो समाधान अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।