८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

भानु जन्मस्थलमा पूर्वाधार निर्माण

भानु जन्मस्थलमा पूर्वाधार निर्माण
अ+ अ-

तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजन भएको उक्त बजेटबाट कार्यालय परिसरमा, ढुङ्गा छाप्ने, बाटो फराकिलो गर्ने काम भइरहेको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि उजाडजस्तै रहेको कार्यालय भवनमा अहिले रङरोगनको काम पनि गरिएको छ । “भानु जन्मस्थल विकास समितिलाई सरकारबाट न्यून मात्रामा बजेट आउँदा समस्या हुने गरेको छ, अहिले यो वर्ष प्राप्त बजेटबाट कार्यालय परिसरभित्र केही काम गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालय परिसरलाई आकर्षक बनाउन ढुङ्गा छाप्न लागिएको हो । त्यस्तै कार्यालयको सुरक्षाका लागि ‘कम्पाउण्ड’ निर्माणको काम पनि भइरहेको छ । केही वर्ष पहिला मन्त्रालयले भानु जन्मस्थल विकास समितिलाई नगरपालिका मातहत राख्ने निर्णय गरेको थियो । नगरपालिका मातहत राखिँदा विकास समितिले सोचेअनुरुपको काम गर्न नसकेपछि पुनः सङ्घीय सरकार मातहत नै समितिलाई राखिएको छ ।
“त्यही बेला नगरपालिकामा बजेट प्राप्त भएको रहेछ, सोही बजेटबाट अहिले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “असारभित्रै काम सम्पन्न गर्छौं ।” कार्यालयसम्म आवतजावत गर्ने बाटो साँघुरो भएकाले बाटो फराकिलो गर्ने काम पनि भइरहेको छ ।

भानुजयन्ती मनाउने तयारी

विकास समितिले तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी तीव्र पारेको छ । यही असार २७, २८ र २९ गते तीन दिनसम्म भानु जयन्ती मनाउने तयारी गरिएको हो ।

भानुजयन्तीको अवसरमा आज स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको छ ।

सोही अवसरमा यही मंगलबार हुने राष्ट्रियस्तरको खुला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट भएको छ ।

प्राप्त कवितामध्ये मूल्याङ्कन समितिको निर्णयबमोजिम १५ कविता छनोट गरिएको रानाभाटले जानकारी दिनुभयो । कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ कविता प्राप्त भएको थियो । छनोट भएका कविताह स्वयं उपस्थित भई असार २८ गते वाचन गर्नुपर्ने र त्यसका लागि दश पूर्णाङ्क तोकिएको छ । पहिलो र दोस्रो चरणको मूल्याङ्कनबाट प्राप्त अङ्कको योगको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको समितिले जनाएको छ ।

प्रतियोगिताका लागि पर्वतका तारानाथ पराजुलीको ‘नजन्माइएका छोरीहरु’, विराटनगरका केशव भण्डारी कञ्चनको ‘देश छाड्नुअघि’, कास्कीका नवराज अधिकारीको ‘नेपाल आमासँग’, नवलपुरका हरिप्रसाद घिमिरेको ‘नेपाल प्रवृत्ति’, अछामका मीनप्रसाद पाण्डेको ‘मुजारे गुराँस’, रामेछापका विक्रमपवन परियारको ‘सूर्यमुखी फूल’, कविलपस्तुका जोशिका कँडेलको ‘समृद्ध नेपाल’, बाराका अभिषेक ओझाको ‘के छैन नेपालमा’, पोखराका कमलराज ढुङ्गानाको ‘भानु सम्झनामा’, खोटाङका मुकुन्दकृष्ण थापाको ‘आह्वान’, पाल्पाका जनक कार्कीको ‘कागज’, पवर्तका लक्ष्मीदेवी पौडेलको ‘प्रिय कविको सम्झनामा’, रुपन्देहीका शिव खनालको ‘उज्यालोको कथा’, कास्कीका संयोग बस्यालको ‘युवा आह्वान’ र कास्कीकै मदन घिमिरेको ‘मैले देखेको देश’ कविता प्रतियोगिताका लागि छनोट भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु दश हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । रासस