८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

२५ वर्षीय राहुलले अझै पाएनन् नागरिकता

२५ वर्षीय राहुलले अझै पाएनन् नागरिकता
अ+ अ-

काठमाडौँ । बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उहाँले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सक्नुभएको छैन ।

बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले राहुललाई सताइरहन्छ । कामका क्रममा ३३ हजार भोल्टको करेन्टले उहाँका दुवै हात गुमेका छन् । सबै कागजात जम्मा पारेर नागरिकता माग गर्दा पनि नपाएपछि साहलाई अपाङ्गता भएकैले राज्यसंयन्त्रबाट फरक व्यवहार गरेजस्तो लाग्छ ।

नागरिकता भएकाले परिवारका सबै सदस्यको मतदाता नामावलीमा नाम समावेश छ । राहुलले भने नागरिकता नपाएकैले २५ वर्ष पूरा हुँदा पनि मतदान गर्ने अवसर गुमाउँदै आउनुभएको छ । नागरिकता बनाउनका लागि कुरा राख्दा केही जनप्रतिनिधिले उहाँलाई मत खसाल्नुभएको छ ? भन्ने प्रश्न पनि गर्ने गरेका छन् ।

“परिवारमा नागरिकता नहुने म एक्लै छु, म जिउँदो भए पनि मरेको अनुभूति गर्छु, मर्नुबाहेक अरु विकल्प छैन जस्तो लाग्न थालिसकेको छ, मेरो जस्तै समस्या भोग्ने धेरैले आत्महत्या नै विकल्प हो भन्न थालेका छन्, धेरैको तनावको विषय बनेको यो समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जान सकेन”, उहाँले भन्नुभयो ।

संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप संशोधन नहुँदा राहुलजस्ता करिब १० लाखले नागरिकता पाउन नसकेको आज महिला, कानून र विकास मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा जानकारी गराइएको छ ।

नागरिकता नहुँदा चिकित्सा शिक्षा, इञ्जिनीयरिङलगायत महत्वपूर्ण विषय पढ्न नाम निकालेका युवाले अवसर गुमाउँदै आएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुभयो । संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने व्यवस्था भएपनि त्यसअनुसार कानून नबन्दा धेरै युवा, युवती अहिले तनावमा बाँच्न बाध्य छन् ।

संविधानको धारा ३०४ मा सबै कानूनलाई संविधान जारी भएको एक वर्षभित्र संविधानसँग नबाझिने गरी कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिए पनि कार्यान्वयन नहुँदा धेरै नेपालीले आम नागरिक हुनुपर्ने अवस्था आएको हो । सरकारले संशोधन मस्यौदा गरेर संसद्मा पेश गरेको विधेयक लामोसम्म प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा अड्कियो । समितिले मतदान प्रक्रियाबाट तयार पारी प्रतिनिधिसभामा पेश गरेको विधेयकको प्रक्रिया पनि अघि बढ्न सकेन ।

नागरिक ऐन संशोधन विधेयक अघि नबढेपछि गत शुक्रबार सरकारले त्यसलाई फिर्ता गरी त्यसै दिन अर्को विधेयक दर्ता गरेको छ । समितिले पेश गरेको प्रतिवेदनमा लैङ्गिक अल्पसङ्ख्यकलाई अन्यका नाममा नागरिकता दिन सकिने व्यवस्था थियो । तर शुक्रबार सरकारले दर्ता गराएको विधेकमा यो व्यवस्था हटाइएको अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

“समितिले तयार पारेको प्रतिवेदनमा भएका राम्रा कुरालाई पनि काटेर शुक्रबार विधेयक दर्ता भएको छ, यही विधेयक पारित भए पनि राहुलजस्ता करिब १० लाख नेपालीले नागरिकता पाउँछन्, वर्षौंदेखि ठूलो समस्या बनेर बसेको विषयले निकास पाउँछ, थप सुधारको बाटो पनि खुल्छ”, उहाँले भन्नुभयो ।

गृह मन्त्रालयमा भएको तथ्याङ्कअनुसार राहुलका बाबुजस्ता एकला ९० हजार ७२६ जनाले जन्मसिद्ध नागरिकता पाएका छन् । यस आधारमा करिब पाँच लाख जन्मसिद्धका परिवारले अहिले नागरिकता पाउन सकेका छैनन् । विसं २०६८ को जनगणनाअनुसार करिब १० लाख बालबालिका बाबुआमाविना नै बस्दै आएका छन् । आमासँगमात्र बस्ने बालबालिकाको सङ्ख्या आठ लाख ९६ हजार छ । शुक्रबार मात्र संसद्मा दर्ता भएको विधेयक पारित भए पनि ११ लाख पीडितले नागरिकता पाउँछन् ।

नागरिकता पीडितको अधिकारका लागि काम गरिरहनुभएकी डेचेन लामा महिला र पुरुषलाई नागरिकता दिने विषयमा समानता नभएको बताउनुहुन्छ । महिलाले श्रीमान् र बालबालिकालाई नागरिकता दिलाउन नसक्ने विश्वका ४६ मुलुकमा नेपाल पर्नु लज्जाको विषय बनेको उहाँको भनाइ छ । रासस