८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
अ+ अ-

खोटाङ । जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो ।

जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । “ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ”, उहाँले भन्नुभयो, “पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ ।”

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ । तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ । अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताउनुभयो ।

“अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ”, उहाँले भन्नुभयो, “खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ ।” अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो ।

“अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ”, नगरप्रमुख भट्टराईले भन्नुभयो, “लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।” अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने बताउनुभयो ।”

ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा नीतु लामाले बताउनुभयो । “अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन । तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो”, उहाँले भन्नुभयो, “सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्यो । गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ ।” अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो ।