१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष समिति बनाई माओवादीले उपत्यकामा संगठन विस्तार गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संगठन विस्तार गर्न उपत्यका विशेष समिति बनाउने भएको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा संगठन विस्तार गर्न सम्पर्क समन्वय समिति मिसाएर त्यस्तो समिति बनाउने प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद पनि समाधान गरिने जानकारी दिनुभयो । उहाँले यसका लागि पनि विशेष समिति बनाउने बताउनुभयो ।

उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति पनि बनाउने प्रस्ताव गर्नुभएको छ । बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको छ ।