• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अर्थमन्त्री प्रकरणः छानबिनका लागि छ सदस्यीय समिति बन्दै



file

काठमाडौं । विवादित अर्थमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच सहमति भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति बनाउन सहमति भए पनि कुन मोडेलमा बनाउने भन्नेबारे कुनै निर्णय हुन नसकेको न्युजपोलारलाई बताउनुभयो ।

उहाँले छ सदस्यीय समिति गठन गर्न सहमति भए पनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको जानकारी दिनुभयो ।

बजेट निर्माण प्रक्रियामा अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भनी आरोप लागेपछि उहाँ विवादित बन्नुभएको हो ।

अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी सिसिटिभी फुटेज १३ दिनभन्दा बढी नरहने अर्थ मन्त्रालयले जानकारी गराएपछि भने उहाँमाथि राजीनामा गर्न चर्को दबाव परेको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी एमालेले सत्यतथ्य पत्ता लगाउन एक संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको भए पनि पछि उसले समिति गठन हुनुपूर्व अर्थमन्त्री शर्माको राजीनामा आउनुपर्ने शर्त राखेको थियो ।

अर्थमन्त्री शर्मा विवादमा आएपछि सत्ता घटक नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापाले पनि उनको राजीनामा माग गरेका थिए ।