काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल २ विकेटले विजयी बनेको थियो ।
दुई खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । दोस्रो खेलमा नेपालका तीन खेलाडी परिवर्तन भएका छन् ।
अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिईएको छ भने विनोद भण्डारी, शुशन भारी र करण केसी मैदान फर्किएका छन् ।