काठमाडौं । नेकपा एमालेले शुक्रबार ४ बजेका लागि बोलाएको स्थायी समिति बैठक शनिबारका लागि सारेको छ ।
संसदको अधिवेशनका कारण एमाले स्थायी समिति बैठक शनिबार बिहान ९ बजेका लागि सारिएको हो ।
केही समयअघिसम्म संसदको बैठक जारी थियो । नेताहरु प्रतिनिधिसभामा विरोध र नाराबाजीमा रहेकाले निर्धारित बैठक शनिबार बिहान बस्नेगरि स्थगित भएको हो ।
एमालेले पार्टीको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाएको हो ।