८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

पोखरामा १७ औं असारे रोपाईं महोत्सव सम्पन्न

पोखरामा १७ औं असारे रोपाईं महोत्सव सम्पन्न
अ+ अ-

पोखरा । पोखरामा १७ औं असारे रोपाईं महोत्सव सम्पन्न भएको छ । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर बुधवार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ १७ औं असारे रोपाईं महोत्सव भएको हो ।

पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको रोपाईं महोत्सवमा किसानहरुसहित पर्यटन व्यवसायीले उत्साहीत भएर मनाउनु भएको थियो । महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता समेत आयोजना गरिएको थियो । महोत्सवमा विदेशी पर्यटकले पनि नेपाली पर्यटकसँगै रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरेका थिए ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना शुरु भएको थियो । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा रोपाईं महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताउनु भयो ।

उहाँले शहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी भएको बताउनु भयो । संयोजक श्रेष्ठले महोत्सवमा करिव २ सय विदेशीहरुको सहभागिता रहेको बताउनु भयो ।

स्थानीय किसान विष्णुप्रसाद तिमिल्सिनाले धान रोपाईं शुरु भएपनि सरकारले किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न नसकेको बताउनु भयो । उहाँँले सरकारले समयमा नै किसानलाई मल र बीउ दिन नसक्दा किसानमा निरासा छाएको बताउनु भयो ।

महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्नेसहित दौड प्रतियोगिता भएका थिए । पछिल्लो समय बढ्दो प्लटिङसँगै कंक्रिट शहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल हुन थालेको छ । अधिकांश मानिस हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे । महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतहरुमा किसानले निरन्तर काम गरिरहेका थिए ।