१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो रवि लामिछानेको बयान, थुनछेक बहस जारी



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा बयान सकिएको छ ।

आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै साडे २ घण्टा चलेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजे सुरु भएको लामिछानेको बयान झण्डै ३ बजेसम्म चलेको हो ।

अदालतमा अहिले थुनछेक बहस जारी छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका छन् । लामिछानेको पक्षमा बहस सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की अदालतले लामिछानेलाई पुस २५ गते धेरौटीमा रिहा गरेको थियो । शुक्रबार साँझ काठमाडौं आएका उनी आइतबार बिहान आफैं अदालत उपस्थित भएका हुन् ।