१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान

राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्शियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ बाट सम्मानित गरिएको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा पोप फ्रान्सिसको प्रशंसा गर्नुभएको छ भने पोपको महत्वपूर्ण प्रभाव र योगदानको कदर गर्दै उहाँलाई ‘पिपुल्स पोप’ को संज्ञा दिनुभएको छ ।

“पोप फ्रान्सिस, तपाईंको नम्रता र अनुग्रह शब्दहरूले व्याख्या गर्ने अवस्थाभन्दा बाहिर छ, र सबैका लागि तपाईंको प्रेम अतुलनीय छ। ‘पिपुल्स पोपका रूपमा तपाईं विश्वास, आशा र प्रेमको ज्योति हुनुहुन्छ, जुन संसारभरि चम्किरहेको छ,” अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले पोपसँग कुराकानी गरी सम्मानको घोषणा गर्नुभएको छ । यो संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान हो । यो पुरस्कार ‘संयुक्त राज्य अमेरिकाको समृद्धि, मूल्य मान्यता वा सुरक्षा, विश्व शान्ति वा अन्य महत्त्वपूर्ण सामाजिक, सार्वजनिक वा निजी प्रयासहरूमा अनुकरणीय योगदान’ गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ।

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा रहँदा पहिलो पटक प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिंक्शनप्रदान गरेका थिए । ‘द हिल’का अनुसार अमेरिकी इतिहासका दोस्रो क्याथोलिक राष्ट्रपति बाइडेनले रोम भ्रमण गरी पोपलाई सम्मान गर्ने योजना बनाउनुभएको तर लस एन्जलसमा लागेको डढेलो र आगलागीका कारण भ्रमण रद्द गर्नुभएको उहाँको कार्यालयले बताएको छ ।

‘द हिल’का अनुसार दुई नेताबीच अन्तिम पटक बाइडेन जी–७ शिखर सम्मेलनका लागि इटालीमा रहेका समय गत जुनमा भेट भएको थियो ।

अक्टोबर २०२१ मा कन्जरभेटिभ क्याथोलिक बिशपहरूले बाइडेनलाई गर्भपतनको अधिकारको पक्षधर अडानका कारण मेलमिलाप प्राप्त गर्न अनुमति दिने कि नदिने भन्ने विषयमा विचार गरिरहेका बेला उक्त भेट भएको थियो।