१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
अ अ+ अ-

गोरखा ।गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज विहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरिएको गौमाता सेवा महासङ्घ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिनुभयो । गोरखामा धार्मिक पर्यटकीय गतिविधि बढाउन गोरखादेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म गत वर्षदेखि खिचडी यात्रा गर्न थालिएको उहाँको भनाइ छ ।

“माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै यहाँस्थित गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेछ”, उहाँले भन्नुभयो, “बीस वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।”

खिचडी यात्राबाट परम्पराको जर्गेनामा मद्दत पुग्ने उहाँको भनाइ छ । गोरखाबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा चढाइन्छ । उक्त यात्रामा जनप्रतिनिधिसहित ६० जना हुनुहुन्छ ।

“आज विहान गोरखानाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित गोरखा–गोरखपुर यात्रा आरम्भ गरिएको छ”, अध्यक्ष बस्न्यातले भन्नुभयो । गोरखपुरको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रहममूर्तको समयमा खिचडी चढाएपछि मात्रै खिचडी भोग गर्ने परम्परा छ ।

खिचडी पु¥याउने परम्पराको पुनः थालनी गरेसँगै भारतको उत्तर प्रदेश र गोरखाबीचको धार्मिकसम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखामा धार्मिक पर्यटक बढाउन सकिने अध्यक्ष बस्न्यातको भनाइ छ । रासस