३० श्रावण २०८३, शनिबार
,
Latest
पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः मधेशलाई ८ विकेटले हराउदै आर्मी फाइनलमा



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाईनल पुगेको छ ।

मधेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा पुरा गर्दै फाईनल पुग्ने पहिला टोली बनेको हो ।

आर्मीको लागि त्रितराज दासले १३ रन बनाए । सन्तोष कार्कीले चार रन बनाउदा ओपनर इमरान सेखले आठ र बसिर अहमदले चार रन जोडे ।

यसअघि पहिलो इनिङमा आर्मीले ९ विकेट क्षतिमा २२५ रन बनाएको थियो भने मधेश १०२ रनमा समेटिएको थियो । १२३ रनले पछि परेको मधेशले आज दोस्रो इनिङमा १५० रन मात्रै जोड्न सक्यो ।

यससँगै, मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा स्थान बनाउँने दोस्रो टोली भने जनकपुरमा जारी पुलिस र बागमतीको खेल पश्चात थाहा हुनेछ ।