५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफीको उपाधिका लागि दुई विभागीय टीम भिड्ने



अ+ अ-

काठमाडौँ । जय ट्रफी एलिट कपको उपाधिका लागि दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।

भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । अर्कोतर्फ त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनायो ।

बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको लक्ष्य दिएको थियो । पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो । पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे ।

पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । दोस्रो इनिङमा विष्फोटक सुरुवात गरेका कुशल भुर्तेलले १९ बलमा ३२ रन जोडेर आउट भए ।

फाइनल खेल माघ १ गतेदेखि ३ गतेसम्म चल्नेछ ।