काठमाडौं । रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनीलाई उच्च लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य पस्केको हो ।
पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेका रोहितले ८६ रन बनाए । उनलेले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।
रोहितलाई राम्रो साथ दिएका तल्लो क्रमका आक्रमक ब्याट्सम्यान करन केसीले २६ बलमा ४२ रन बनाए । उनले २६ बलमा सो रन बनाएका हुन् । उनले २ चोका र ४ छक्का प्रहार गर्दै उक्त रन बनाएका हुन् ।