२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्



अ+ अ-

डोटी । सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए ।

युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट नौ जनाको प्रहरी टोलीले गए रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।