१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाँडैको मेलामा पर्खी बस्नेहरुलाई स्काई व्याण्ड फेरी आउदै



अ+ अ-

डाँडैमा मेला लागेछ
कसैले पर्खी बसे छ II

 कुनै समयको यो चर्चित गीत गाउने बाग्लुङ्गको सांगेतिक स्काई व्याण्ड चर्चाका  शिखरमा रहदा रहदै केही सुस्तायो । नेपाल संगीतको क्षेत्रमा लोकपपको शैलीलाई  अबलम्वन गर्दे संगीत क्षेत्रमा बर्चश्व राखको समूहको नयाँ नयाँ सृजनाको प्रतिक्षा गरिरहेको भेला व्याण्ड सुस्तायो । तर अब व्याण्डका गायक कविन्द्र श्रेष्ठ फेरी जुर्मुराउदै थालेका छन् ।

संगीत संगै बिभिन्न व्यवसायमा सग्लन गायक श्रेष्ठले भारतीय  गायीका सोनु कक्करसंग  सहकार्य गर्ने तयारीमा रहेका छन् । बाग्लुङ्ग जन्मथलो रहेका गायक श्रेष्ठले दुई दशक देखीको सांगेतिक यात्रालाई बिषेश योजना सहित अघि बढाउने योजना तय गरेका छन् । जसका लागी उनले हालै उनले बरिष्ठ गीतगार दिनेश अधिकारीको शब्दमा  र बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटाको संगीतमा दुई ओटा गीत ल्याउदैछन् ।  

यसै गरी चर्चित भारतीय गायीका  सोनु कक्करसँग मिलेर एउटा हिन्दी गीतको पनि तयारी गरेका छन् । श्रेष्ठका अनुसार सोनु संगको गीतको म्युजिक भिडियो पनि संगै र्साजनिक हुने छ जुन भिडियोको छायाकांन भारतमा नै हुने छ । काममा कुनै अबरोध नभए एक महिना भित्र गीत सार्बजनिक गर्ने तयारीमा रहेका गायक श्रेष्ठले आफ्नो ब्याण्डको पुरानो परिचयलाई  नै निरन्तरता दिने बताए ।  नेपाली श्रोता तथगा दर्शकहरुले लोक शैलीलाई निकै मन पराउनु हुन्छ त्यो शैलीलाई त कसरी छाड्न सकिन्छ उनले भने ।

संगीतलाई शौखका रुपमा लिएका गायक श्रेष्ठले आफ्नो परिबारको पृष्ठभूमी पनि सांगेतीक नै रहेको सुनाए । उनले भने सानो छँदा बाजे, बुबाहरुसँग धेरै नजिक थिए ,  घरमा भजनहरुको  हार्मोनियम, तबला, गीतार गुञ्जिरहन्थो जसले गर्दा म बच्चा देखी नै नजानिदो पाराले संगीत प्रति झुकाव बढ्यो । हाल सम्म ९० ओटा जति गीत गाएका श्रेष्ठको ५ ओटा जति भिडियो समेत सार्बजनिक भएका छन् । सन् १९९३ मा  स्काई  व्याण्डको सुरुवात गर्दा श्रेष्ठको सामू धेरै चुनौति र केही डर पनि थियो तर  पारिबारीक बाताबरण पनि सहयोगी भएका कारण मनमिल्ने साथीहरुको समूह तयार पारेर गति अघि बढ्यो ।

बरिष्ठ गायक नारायण गोपाल ,फत्तेमान राजभण्डारी, ओम बिक्रम बिष्टलाई आफ्नो आदर्श मान्ने गायक श्रेष्ठलाई  हिमालयन ब्याण्डको प्रस्तुती पनि निकै मन पर्छ । अचेत प्रबिधि फेरिएको छ गीत सुन्ने श्रोतको शैली परिबर्तन भएको छ । टेप रेकर्डमा चक्का हालेर सुन्ने समयमा त त्यती धेरै श्रोता तथा दर्शकले धेरै माया दिनुभयो , त्यो माया त भुलेका छैनौ  र उहाँहरुको मायालाई निरास हुन पनि दिदैनौ श्रेष्ठले भने ।  

क्यासेटको समयमा एउटै चक्कामा लोकपप, रक, हेभीमेटल, पप, रोमान्टिक जस्ता गीत हुन्थे त्यसमा पनि स्काई ब्याण्डका गीतहरु धेरैजसो लोक पप शैलीका बढी चले  । जसका कारण  स्काई ब्याण्ड  पहिचान नै लोकपप व्याण्ड भोर चिनियो । यो समूहले मायाको आधार, रिमझिम पानी गीत डाँडैमा मेला लागेछ जस्ता हिट गीतहरु गाएर आफ्नो समूहलाई स्थापित गरेको थियो ।  डाँडैमा मेला लागेछ गीतको शब्द समूहका सदस्यहरु नै मिलेर तयार पारेको सुनाउदै उनले भने सामूहिक मेहनतको प्रतिफल पनि राम्रो निस्कियो ।  छिन्न भिन्न भएका आफ्नो समूहका गीतहरु लाई एकिकृत गरेर यूटुव च्यानल मार्फत दर्शक तथा श्रोता सम्म पु-याएका छन् । 

नेशनल अवार्ड २०५४ सालमा, २०५४ मै एल्बम अफ द इयरको उपाधी हासिल गरेका स्काई व्याण्डले  सर्वाधिक बिक्री हुन सफल एल्बमको सुचिमा समेत आफुलाई स्थापित गरेको थियो । छोटो समयमा लोभलाग्दो सफलता पाएको उल्लेख गर्दे  खुशी लाग्यो र नसोचेको कुरा भएकाले एकदमै उत्साहित थियौँ हामी सबैजना । नेपालमा म्युजिक क्षेत्रमा केही गर्न सकिन्छ भन्ने प्रेरणा, हौसला पायौं ।

सो समूहले  पहिलो एल्बम २०५०, दोस्रो २०५२, तेस्रो २०५४, चौथो २०५६, पाँचौँ २०५८ मा निकालेकाे थियो भने  एउटा गीतहरुको संग्रह पनि सार्बजनिक ग-यो । तर व्याण्डका सदस्यहरु आ – आफ्नो काममा व्यस्त हुदा सांगेतीक क्षेत्र सुस्तायो त्यही बिचमा पनि श्रेष्ठले २ ओटा गीत तयार पारे र हालै बिस्तारै व्याण्डलाई ब्युताउने सुरमा छन् ।
 




भर्खरै