२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ख्वपया निवा शाक्य तय्गु इतिहास’ पुस्तक सार्वजनिक



अ+ अ-

भक्तपुर । आरती गुठी निवा सङ्घका अध्यक्ष संघरत्न शाक्यद्वारा लिखित भक्तपुरको ४०० वर्षअघिको इतिहास समेटिएको ‘ख्वपया निवा शाक्य तय्गु इतिहास’ (भक्तपुरका निवा शाक्यको इतिहास) नामक पुस्तक सार्वजनिक गरिएको हो ।

भक्तपुरका प्राध्यापक सुवर्ण शाक्यले पुस्तक विमोचान गर्दै पुस्तकमा समेटिएका विषय वस्तुले इतिहासलाई जीवित बनाएको चर्चा गर्नुभयो । कार्यक्रममा लेखक शाक्यले भक्तपुरका प्रसिद्ध सुनका गजुर, मूर्ति, स्वर्णद्वारलगायत निर्माणमा निवा शाक्यको भूमिका र योगदान महत्वपूर्ण रहेको ४०० वर्ष अगाडिका विषय पुस्तकमा समेटिएको बताउनुभयो ।

कार्यक्रममा त्रिरत्न शाक्य, प्रा सिद्धिरत्न शाक्य, साहित्यकार तिलकप्रकाश कायस्थ, बौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले भक्तपुरको लुकेको इतिहास उजागर गर्न र राजा महाराजाहरुको मात्र नभई कामदारहरुको समेत इतिहासबारे बुझ्न पुस्तकले सघाउ पु¥याउने बताउनुभयो । पुस्तकमा मल्लकालीन राजा विश्व मल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको छ ।