बडिकेदार । जिल्लाको बडिकेदार गाउँपालिका–३ घट्टेपाथ्थरका प्रेमबहादुर रोकामगरको घरमा आगलागी हुँदा करिब रु एक लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय बिपीनगरका अनुसार आज बिहान भएको आगलागीका कारण उहाँको घरमा भएका लुगाकपडा, सोलार सेट, रु २० हजार नगद, भाँडाकुडासहित एक तले फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ । स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।